Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा भूकम्पको त्रास कायमै, आजै ४ म्याग्निच्यूट माथीका धक्का,राहत वितरणमा चरम सिन्डिकेट लादिएको गुनासो(खासखबर)

जाजरकोटमा भूकम्पको त्रास कायमै, आजै ४ म्याग्निच्यूट माथीका धक्का,राहत वितरणमा चरम सिन्डिकेट लादिएको गुनासो(खासखबर)

  • सोमवार, कार्तिक २० २०८०

  • 661
    SHARES

  • जाजरकोटमा भूकम्पको त्रास कायमै, आजै ४ म्याग्निच्यूट माथीका धक्का,राहत वितरणमा चरम सिन्डिकेट लादिएको गुनासो(खासखबर)
    काठमाडौं। जाजरकोटको बारेकोटस्थित रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूटको भूकम्पले गाउँबस्तीमा अहिले पनि त्रासदी कायम रहेको छ । आजै अपरान्ह ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युटको भूकम्प जाँदा थप त्रास बढेको छ । १ सय ५७ जनाको मृत्यु भयो भने सयौँ नागरिक घरबारविहीन बनेका छन् । घाइते र अंगभंग पनि भएका छन् । 
     
    त्यस्तै, भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका छन् । प्रारम्भिक गणना अनुसार रुकुम पश्चिममा मात्रै २ अर्ब ४५ करोड ५ लाख रुपैयाँको क्षति भएको छ ।
     
    यतिबेला केन्द्रदेखि स्थानीय तहसम्मका सरकार राहत र उद्दारमा खटिएपनि पीडितसम्म सामाग्री पुग्न नसकेको गुनासो बढेको छ । भूकम्पको इपिसेन्टर रहेको जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले स्वयं राहत वितरणमा सिन्डिकेट भइरहेको आरोप लगाउनुभएको छ । 
     
    भूकम्पका कारण स्थानीयको करोडौँको सम्पत्ति तहसनहस भएको छ । ऋण काढेर व्यावसाय गरिरहेका जाजरकोटका स्थानीय विश्वविक्रम शाहका ६ वटा घर भत्किएका छन् भने करोडौँको व्यवसाय भत्किएको छ।
     
    सरकारले नागरिकका पीडामा मल्हम बनेर काम गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । भूकम्प पीडितका समस्या बुझ्न प्रभावित क्षेत्रमा पुग्नुभएका श्रेष्ठले अतिआवश्यक सामाग्रीको आपूर्तिमा सहजता मिलाउन निर्देशन दिइसकेको पनि बताउनुभयो । 
     
    भूकम्प प्रभावित क्षेत्रमै पुग्नुभएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राहत वितरणमा असमानता भएको खबर आएको भन्दै विपद्को बेलामा सबैलाई सहयोग गर्नुपर्ने बताउनुभयो । पीडितको गुनासो सुनेपछि खड्काले विपद्मा मानवीय धर्म देखाउन सबैमा आग्रह गर्नुभयो । 
     
    जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सङ्क्रामक रोगका कारण प्रकोप फैलिन सक्ने जोखिम पनि बढ्दै गएको छ। हाल भूकम्प प्रभावित क्षेत्रमा अधिकांश माटोका घर भत्किएपछि गाउँभर धुलो–प्रदूषण फैलिएको छ।
     
    पालिएका गाईवस्तुहरू मरेपछि गाउँमा त्यसको पनि दुर्गन्ध फैलिन थालेको छ। यसले गर्दा संक्रमणको उच्च जोखिम देखिएको छ। रुकुम पश्चिम र जाजरकोट पीडामा रहेका बेला सो क्षेत्रमा केन्द्रीत रही राहत र पुनर्निर्माणमा जोड दिन आवश्यक छ। 


    सोमवार, कार्तिक २० २०८००८:०७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij