Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रामपुर नगरपालिकाद्धारा जाजरकोटमै पुगेर सहयोग हस्तान्तरण

रामपुर नगरपालिकाद्धारा जाजरकोटमै पुगेर सहयोग हस्तान्तरण

  • सोमवार, कार्तिक २० २०८०

  • 481
    SHARES

  • रामपुर नगरपालिकाद्धारा जाजरकोटमै पुगेर सहयोग हस्तान्तरण

    काठमाडौँ । पाल्पाको रामपुर नगरपालिकाले भुकम्प पिडितहरुका लागि जाजरकोटमै पुगेर सहयोग हस्तान्तरण गरेको छ ।

    नगरपालिकाका प्रमुख रमण थापा, उपप्रमुख बालकुमारी थापालगायतको टोलीले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । नगरपालिकाको तर्फबाट एक लाख ५१ हजार १११ रुपैया हस्तान्तरण गरिएको नगर प्रवक्ता कपिल खाँणले जानकारी दिनुभयो ।

    प्राकृतिक विपद्को समयमा भुकम्प प्रभावितहरुका लागि केही राहत होस भन्ने उद्देश्यले आर्थिक सहयोग र विभिन्न सामग्री हस्तान्तरण गरेको उहाँले बताउनु भयो ।

    जाजरकोटको सदरमुकाम खलंगा पुगेको टोलीमा रामपुर नगरपालिकाको वडा नं २ का अध्यक्ष कृष्ण बहादुर दर्जी , वडा नं. ४ का अध्यक्ष राम बहादुर राना, वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. ९ का अध्यक्ष डिल बहादुर राना लगायत रहनु भएको छ ।

    रामपुरको टोलीले त्यही मौकामा अनुकरणीय काम गरेका केही गाउँपालिका तथा नगरपालिकाहरुको स्थलगत अवलोकन पनि गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

     


    सोमवार, कार्तिक २० २०८००८:२९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij