Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भूकम्पको प्रताडनामा रहेका प्रभावितहरुद्वारा गासबासको व्यवस्थापन गरिदिन याचना,पीडितहरुलाई राज्यले नजिकबाट हेरेको सरकारको दाबी (खासखबर) 

भूकम्पको प्रताडनामा रहेका प्रभावितहरुद्वारा गासबासको व्यवस्थापन गरिदिन याचना,पीडितहरुलाई राज्यले नजिकबाट हेरेको सरकारको दाबी (खासखबर) 

  • आइतवार, कार्तिक १९ २०८०

  • 532
    SHARES

  • भूकम्पको प्रताडनामा रहेका प्रभावितहरुद्वारा गासबासको व्यवस्थापन गरिदिन याचना,पीडितहरुलाई राज्यले नजिकबाट हेरेको सरकारको दाबी (खासखबर) 
    काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । जसमा जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ । भूकम्पमा परि हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । शवको आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको छ । 
     
    यता, भूकम्पपछि बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ। आज बिहान बसेको उद्धार, राहत केन्द्रित बैठकमा तत्काल मृतकका परिवारलाई २ लाखका दरले राहतस्वरूप उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचार गर्ने, राहत सामग्रीलाई एकद्वार प्रणालीबाट संकलन तथा वितरण गराउँदै व्यवस्थित गर्नेलगायतको निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 
     
    खोज, उद्धार, तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारमा प्राथमिकता दिने, साथै  भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने पनि निर्णय भएको छ । भौतिक पूर्वाधार निर्माणका साथै सहयोगी सबैलाई सरकारले धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । 
     
    अन्तर्राष्ट्रिय समुदायले पनि  भूकम्प पीडितलाई राहत र उद्दारका लागि उदारता देखाएका छन् । नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममा रहेकोले भौतिक संरचना निर्माण र बस्ती स्थानान्तरणलाई एकीकृत परियोजनाका रुपमा अगाडि बढाउन आवश्यक देखिन्छ । हामीसँग थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालयका जाजरकोटका सूचना अधिकारी हरिचन्द्र शर्मा जोडिनुभएको छ । 


    आइतवार, कार्तिक १९ २०८००८:२१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij