Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भूकम्पबारे गलत सूचना प्रवाह नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रेस काउन्सिलको आग्रह

भूकम्पबारे गलत सूचना प्रवाह नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रेस काउन्सिलको आग्रह

  • आइतवार, कार्तिक १९ २०८०

  • 374
    SHARES

  • भूकम्पबारे गलत सूचना प्रवाह नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रेस काउन्सिलको आग्रह

    काठमाडौं । प्रेस काउन्सिल नेपालले होडबाजीगरी भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

    युट्युबलगायतका सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यमबाट जाजरकोट केन्द्रबिन्दू भइ गएको भूकम्पका विभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर सन्देश प्रवाह भएको पाइएपछि काउन्सिलको ध्यानाकर्षण भएको हो ।

    काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी, मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ ।

    ‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भइ गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

    शुक्रबार राती ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्द्र बनाएर गएको ६ दशमलव ४ म्यागनिच्युडको भुकम्बाट भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त समेत गरेको छ ।


    आइतवार, कार्तिक १९ २०८००२:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij