राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडी बिमाको कार्यविधी बनाउन समिति गठन गरेको छ । राखेपले बोर्ड सदस्य इन्दिरा निरौलाको संयोजकत्वमा खेलाडी बिमा र खेलाडी परिचय पत्र व्यवस्थापनका लागि कार्यविधी बनाउन ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई सरोकारवाला निकायसंग छलफल गरेर खेलाडी बिमा र परिचय पत्र व्यवस्थापनको कार्यविधी बनाउन जिम्मेवारी दिईएको छ ।
निरौला संयोजकत्वको समितिमा डेमबहादुर बस्नेत, इन्द्रबहादुर कार्की, रिखीराम पोखरेल र दिपक श्रेष्ठ सदस्य रहेका छन् । समितिले देशको प्रतिनिधित्व गरि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका र राखेपले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको जीवन बिमा, स्वास्थ्य बिमा, दुर्घटना बिमाको कार्यविधी बनाउनेछ ।
समितिले खेलाडीको सहुलियतका लागि परिचय पत्र समेत व्यवस्थापन गर्नका लागि सरोकारवालासंग आवश्यक समन्वय गरी कार्यविधी तयार गरि परिषद् समक्ष पेश गन भएको छ ।