Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

डोटीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच घाइते

डोटीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच घाइते

  • आइतवार, कार्तिक १९ २०८०

  • 435
    SHARES

  • डोटीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच घाइते

    काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। शिखर नगरपालिका– ६ अण्यौलमा जिप दुर्घटना भएको हो । बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप राति २ बजेर २८ मिनेटमा दुर्घटना भएको हो​।

    बाजुरा गौमूल–४ काँडाकोट का २१ वर्षीय महेश बुढाले चलाएको जीप सडकबाट ५०र६० मिटर तल खसेको प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइराललाले जानकारी दिनुभयो ।

    तीनजनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जीप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जीपमा १० जना सवार थिए। दुर्घटनामा घाइते पाँचजनामध्ये चार दीपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको कोइरालाले बताउनुभयो ।

    मृतकहरूको पहिचान हुन सकेको छैन।


    आइतवार, कार्तिक १९ २०८००७:०६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij