काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी भूकम्प प्रभावित क्षेत्र जाजरकोट लाग्नुभएको छ ।
गएराति आएको ६ दशमलव ४ म्याग्निुच्यूडको भूकम्पबाट सो क्षेत्रमा भएको क्षति र भूकम्पको प्रभावबारे अध्ययनका लागि त्यसतर्फ लाग्नुभएको हो ।
भूकम्प प्रभावित क्षेत्रमा पुगेर भूकम्पको असरबारे अध्ययन गर्ने डा. अधिकारीले बताउनुभयो । ठूलो भूकम्पपछि सो क्षेत्रमा ४ रेक्टर स्केलमाथि ३ वटा परकम्प गएको सो ४ रेक्टर स्केलभन्दा मुनी १ सय भन्दा बढी कम्पन भएको उहाँको भनाई छ ।