Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भुकम्प अपडेटः मृत्यु हुनेको संख्या १३२ पुग्यो

भुकम्प अपडेटः मृत्यु हुनेको संख्या १३२ पुग्यो

  • शनिवार, कार्तिक १८ २०८०

  • 554
    SHARES

  • भुकम्प अपडेटः मृत्यु हुनेको संख्या १३२ पुग्यो

    काठमाडौं । गएराति गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परेर जाजरकोटमा ९५ र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाको मृत्यु भएको हो ।

    भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

    घाइते भएका र बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ ।


    शनिवार, कार्तिक १८ २०८०११:४४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij