Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अपडेटः भुकम्पमा अहिलेसम्म १२८ जनाको मृत्यु

अपडेटः भुकम्पमा अहिलेसम्म १२८ जनाको मृत्यु

  • शनिवार, कार्तिक १८ २०८०

  • 1.3K
    SHARES

  • अपडेटः भुकम्पमा अहिलेसम्म १२८ जनाको मृत्यु

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो।

    यस्तै अहिलेसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १४० पुगेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

    प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन्। क्षतिको विवरण संकलन जारी छ।


    शनिवार, कार्तिक १८ २०८००७:५७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij