Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपिएल क्रिकेटमा आज हैदराबाद र राजस्थान तथा दिल्ली र मुम्बई भिड्ने

आईपिएल क्रिकेटमा आज हैदराबाद र राजस्थान तथा दिल्ली र मुम्बई भिड्ने

  • आइतवार, आश्विन २५ २०७७

  • 1.5K
    SHARES

  • आईपिएल क्रिकेटमा आज हैदराबाद र राजस्थान तथा दिल्ली र मुम्बई भिड्ने

    यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज दुई खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार अपरान्ह्र पौने ४ बजेबाट सुरु हुनेछ ।

    त्यस्तै आजै हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सको सामना गर्ने भएको छ । यी दुई टोलि बीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दिल्ली आफूलाई तालिकाको शीर्ष स्थानमा यथावत् राख्ने योजनामा रहेको छ । लिगमा ६ खेल खेलेको दिल्ली १० अंकका साथ शीर्ष स्थानमा छ । समान खेल खेलेको मुम्बई ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।


    आइतवार, आश्विन २५ २०७७०२:१२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij