Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पछिल्लो पकट थप १२ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो पकट थप १२ जना कोरोना संक्रमितको मृत्यु

  • आइतवार, आश्विन २५ २०७७

  • 740
    SHARES

  • पछिल्लो पकट थप १२ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लोपटक नेपालमा थप १२ जनाको मृत्युु भएको छ ।

    संक्रमणबाट भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. प्रमोद पौडेलले जानकारी दिनुभयो ।

    उता सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढीका कोराना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै संक्रमणबाट रुपन्देहीका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।

    उता, बाँकेमा गए राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका – ८ गोल्छाका ७१ वर्षीया महिला र नेपालगन्ज उपमहानगरपालिका –१० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।

    यसैगरी, विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको गयराति मृत्यु भएको छ । सुनसरीका एक वृद्ध पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो

    यसैगरी, चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक–एक जना संक्रमितको मृत्यु भएको छ ।


    आइतवार, आश्विन २५ २०७७१२:५७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij