काठमाडौं । सर्वोच्च अदालतले न्याय दिएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पा भावुक बनेकी छन् ।
सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतको भुइँमा ढोग्दै आफूले न्याय पाएको सन्देश दिइन् ।
नेपालगञ्ज निवासी मानन्धरका हत्यारा योगराज ढकाल (रिगल)लाई अदालतले तत्काल पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ ।