Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)नेपालको अध्यक्षमा पाण्डेय निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)नेपालको अध्यक्षमा पाण्डेय निर्वाचित

  • बिहिवार, कार्तिक १६ २०८०

  • 1.9K
    SHARES

  • अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)नेपालको अध्यक्षमा पाण्डेय निर्वाचित

    काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास)नेपालको अध्यक्षमा गीतकार एवं संचारकर्मी दयाराम पाण्डेय निर्वाचित भएका छन्। काठमाडौंमा हिजो बुधबार सम्पन्न इनास नेपालको अधिवेशनबाट पाण्डेय आगामी कार्याकाल (सन् २०२३–२०२५) को लागि सर्वसम्मत निर्वाचित भएका हुन्। पाण्डेय यसअघि इनास नेपाल तदर्थ समितिको संयोजक थिए।

    इनास नेपालको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्देशक ऋषि लामिछने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल निर्वाचित भएका छन्। महासचिवमा खेलाडी एवं गीतकार बलराम मित्र, सचिवमा प्रोडक्सन डिजाइनर शंकर पाण्डे र कोषाध्यक्षमा चलचित्र वितरक सुनील मानन्धर सर्वसम्मत चयन भएका छन्।

    कार्यसमिति सदस्यहरूमा नायक पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी,नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण केसी, विबुध लुइँटेल र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।

    नेपाली कला, संस्कृति, चलचित्र, संगीतको समृद्धिको लागि स्थापित यस संस्थाको केन्द्रीय कार्यालय नेदरल्यान्डस्मा छ। हाल विश्वका ७३ वटा देशमा यसको शाखा विस्तार भैसकेको छ।


    बिहिवार, कार्तिक १६ २०८००७:४०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij