Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

डोटीमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, १९ जना घाइतेमध्ये ४ को अवस्था गम्भीर

डोटीमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, १९ जना घाइतेमध्ये ४ को अवस्था गम्भीर

  • बिहिवार, कार्तिक १६ २०८०

  • 2.2K
    SHARES

  • डोटीमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, १९ जना घाइतेमध्ये ४ को अवस्था गम्भीर

    काठमाडौं। डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १९ जना घाइते भएका छन्। भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर गएराती ८ बजे दुर्घटनामा परेको हो।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले २४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका–१ घोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको जानकारी दिनु्भयो ।

    दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको र घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

    घाइतेलाई उपचारका लागि धनगढी पठाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    बिहिवार, कार्तिक १६ २०८००६:४९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij