Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सरकारी कार्यालय भोलिदेखि १ घण्टा छिटो बन्द हुने

सरकारी कार्यालय भोलिदेखि १ घण्टा छिटो बन्द हुने

  • बुधवार, कार्तिक १५ २०८०

  • 2.7K
    SHARES

  • सरकारी कार्यालय भोलिदेखि १ घण्टा छिटो बन्द हुने

    काठमाडौं। सरकारी कार्यालयहरुमा भोलि बिहीबारदेखि दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। भोली कार्तिक १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एकघण्टा अघि हुने नियम छ ।

    यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ। अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ ।

    जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।


    बुधवार, कार्तिक १५ २०८००४:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij