Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मन्त्रीको गाडीले ठक्कर दिँदा तीन घाइते

मन्त्रीको गाडीले ठक्कर दिँदा तीन घाइते

  • बुधवार, कार्तिक १५ २०८०

  • 494
    SHARES

  • मन्त्रीको गाडीले ठक्कर दिँदा तीन घाइते

    काठमाडौं। सर्लाहीमा मन्त्रीको गाडीले ठक्कर दिँदा तीन जना घाइते भएका छन्। मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्बरको जिपले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका हुन्।

    सर्लाहीको बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा भएको दुर्घटनामा बरहथवा नगरपालिका ५ बस्ने १८ वर्षीय सुमन महतो,चन्द्रनगर गाउँपालिका–५ मोहनपुर बस्ने १८ वर्षीय दीपक महतो र वाग्मती नगरपालिका–१० शंकरपुर बस्ने १९ वर्षीय अजय महतो घाइते भएका प्रहरीले जनाएको छ ।

    तीव्र गतिमा हुइँकिएको मन्त्री चढ्ने जिपले दिएको ठक्करबाट घाइते भएका तीनै जनाको वीरगन्जमा उपचार चलिरहेको छ।तीन घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। दुर्घटनापछि गाडीका चालक फरार छन्।

    दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाडी अहिले इलाका प्रहरी कार्यालय बरहथवामा लगेर राखिएको छ।


    बुधवार, कार्तिक १५ २०८००२:३२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij