Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

  • बुधवार, कार्तिक १५ २०८०

  • 738
    SHARES

  • गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

    काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ। अन्नपूर्ण बेसक्याम्पबाट फर्कने क्रममा आज बिहान असई टिकाराम ढुंगानाको मृत्यु भएको हो।

    गत कात्तिक १२ गते गुटेरेसको सुरक्षाको लागि हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका असई ढुंगानाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। गुटेरेस सोही दिन हेलिकोप्टरमै फर्किए पनि ढुंगाना भने हिँडेर फर्किदा लेक लागेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयो।

    एसपी थापाले भन्नुभयो,“गएराति हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको रहेछ। आज हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भयो।”

    इलाका प्रहरी कार्यालय घान्द्रुक कास्कीका प्रहरी प्रमुख समेत रहेका ढुंगाना अन्नपूर्ण आधार शिविर आफ्नै क्षेत्रमा रहेका कारण गुटरेससँगै वेसक्याम्प पुगेका थिए ।

     


    बुधवार, कार्तिक १५ २०८००१:२४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij