Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट भेरी र नोबेल अस्पतालमा उपचाररत ४ जनाको मृत्युु

कोरोना संक्रमणबाट भेरी र नोबेल अस्पतालमा उपचाररत ४ जनाको मृत्युु

  • आइतवार, आश्विन २५ २०७७

  • 894
    SHARES

  • कोरोना संक्रमणबाट भेरी र नोबेल अस्पतालमा उपचाररत ४ जनाको मृत्युु

    काठमाडौं । कोरोना संक्रमणवाट थप ४ जनाको मृत्युु भएको छ । बाँकेमा गए राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो।

    उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।

    त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ। उनको शनिबार राति मृत्यु भएको हो ।असोज ६ गते कोरोना संक्रमन पुष्टि भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताउनुुभएको छ । योसँगै बाँकेका मात्रै २६ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ।

    यसैबिच, विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको गयराति मृत्यु भएको छ। सुनसरीका एक वृद्ध पुरुष र एक महिलाको मृत्यु भएको हो।

    अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरी हरिनगरा–४ का ७१ वर्षीय वृद्धको उपचारका गयराति मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो। 

    त्यस्तै दुहवी –३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको जानकारी दाहालले दिनुुभयो ।

    पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएकी मृतकमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको प्रबन्धक दाहालले बताउनुुभएको छ।

     


    आइतवार, आश्विन २५ २०७७०८:२५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij