Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

काभ्रेमा गाडी दुर्घटनाः दुई जनाको मृत्यु, १ जना घाइते

काभ्रेमा गाडी दुर्घटनाः दुई जनाको मृत्यु, १ जना घाइते

  • मंगलवार, कार्तिक १४ २०८०

  • 987
    SHARES

  • काभ्रेमा गाडी दुर्घटनाः दुई जनाको मृत्यु, १ जना घाइते

    काठमाडौं। काभ्रेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। पनौती नगरपालिका–२ कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको गाडी आज दिउँसो सवा २ बजे ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठकाअनुसार दुर्घटना हुँदा तीन जना घाइते भएका थिए।घाइतेको उपचारको लागि सिरमेमोरियल अस्पतालमा पठाइएको थियो।

    अस्पताल पु¥याउँदा चालक कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवबिक्रम केसीको मृत्यु भएको हो।

    बेथानचोक गाउँपालिका–२ का ४५ वर्षीय सारदा तिमल्सिनाको टाउको, घाँटी र दुबै हात–खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

     


    मंगलवार, कार्तिक १४ २०८००३:४१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij