Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

यूएनका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान

यूएनका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान

  • मंगलवार, कार्तिक १४ २०८०

  • 485
    SHARES

  • यूएनका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

    अन्नपूर्ण आधार शिविरमा पुगेर उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायत विषयमा स्थानीयसँग संवाद गर्ने जनाइएको छ । महासचिव गुटेरेसको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

    अन्नपूर्ण आधार शिविर पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो । हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालका परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्छ ।

    अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् ।

     


    मंगलवार, कार्तिक १४ २०८००८:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij