Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • आइतवार, कार्तिक १२ २०८०

  • 474
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । काठमाडौंमा चिसो महसुस हुन थालेको छ । केहि दिन यतादेखि काठमाडौंसहितका जिल्लामा चिसो महसुस भइरहेको छ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।

    आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     


    आइतवार, कार्तिक १२ २०८००६:३३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij