Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मुगु सामुहिक हत्या प्रकरण: मृतक चारैजना एकै परिवारका रहेको पुष्टी

मुगु सामुहिक हत्या प्रकरण: मृतक चारैजना एकै परिवारका रहेको पुष्टी

  • शुक्रवार, कार्तिक १० २०८०

  • 1.3K
    SHARES

  • मुगु सामुहिक हत्या प्रकरण: मृतक चारैजना एकै परिवारका रहेको पुष्टी

    काठमाडौं। मुगुमा फेला परेको ४ जनाको शव एकै परिवारको रहेको खुलेको छ। प्रहरिकाअनुसार आज बिहान फेला परेका तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको हो।

    मृतकहरुमा मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको पुष्टी भएको हो।

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाकाअनुसार आज बिहान ११ बजे उनिहरुको शव फेला परेको प्रहरीले खबर पाएको थियो। खबर पाउन साथ प्रहरी घटनास्थल पुगेको थियो।

    थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए। गत ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको छ।

    थापाले भन्नुभयो,’९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेत गरा तिर गएका होलान् सोचेका रहेछन्,आज बिहानसम्म पनि घरमा ताला लगाएको देखे । स्थानीले फेरी माइतीतिर गएको हो कि भनेर फोन गरेका थिए। तर माइतीबाट ८ गते नै फर्किएको बताएपछि बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए। भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए।’

    मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेको थापाले बताउनुभयो। हत्याबारे थप अनुसन्धानका लागि कुकुर झिकाइएको प्रहरीले जनाएको छ।


    शुक्रवार, कार्तिक १० २०८००३:४०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij