Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दशैँ मनाउन बाहिर गएकाहरू फर्किन थालेपछि काठमाडौं भित्रिने नाकामा भीड बढ्यो

दशैँ मनाउन बाहिर गएकाहरू फर्किन थालेपछि काठमाडौं भित्रिने नाकामा भीड बढ्यो

  • शुक्रवार, कार्तिक १० २०८०

  • 385
    SHARES

  • दशैँ मनाउन बाहिर गएकाहरू फर्किन थालेपछि काठमाडौं भित्रिने नाकामा भीड बढ्यो

    काठमाडौं । दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाडौं भित्रिने नाकामा भीड देखिन थालेको छ ।

    उपत्यका भित्रिने नाकामा गाडीको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।

    नागढुङ्गा, साँगा नाकामा गाडीको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । दशैँको नवमी र दशमीका दिन काठमाण्डौ उपत्यकामा यातायात शून्यजस्तै बनेका थिए । नाकामा गाडीको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

    यस वर्ष दशैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने गाडीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक गाडी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ ।

     


    शुक्रवार, कार्तिक १० २०८०११:३१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij