Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

उपत्यकालगायत आसपासका क्षेत्रमा बिहानैदेखि घाम, दिनभरको मौसम कस्तो रहला ?

उपत्यकालगायत आसपासका क्षेत्रमा बिहानैदेखि घाम, दिनभरको मौसम कस्तो रहला ?

  • बिहिवार, कार्तिक ९ २०८०

  • 420
    SHARES

  • उपत्यकालगायत आसपासका क्षेत्रमा बिहानैदेखि घाम, दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

    यस्तै पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    विभागका अनुसार उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भेगमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


    बिहिवार, कार्तिक ९ २०८००८:०२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij