काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ ।
उहाँले चलाएको हेलिकोप्टर गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट सेढाईं घाइते हुनुभएको थियो ।
उहाँलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल ल्याइएको थियो तर यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो ।
उहाँको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिनुभयो ।