Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल चिकित्सक संघले भाेली आकस्मिक र कोभिडबाहेकका सेवा बहिस्कार गर्ने

नेपाल चिकित्सक संघले भाेली आकस्मिक र कोभिडबाहेकका सेवा बहिस्कार गर्ने

  • शनिवार, आश्विन २४ २०७७

  • 704
    SHARES

  • नेपाल चिकित्सक संघले भाेली आकस्मिक र कोभिडबाहेकका सेवा बहिस्कार गर्ने

    काठमाडाैं । नेपाल चिकित्सक संघले भाेली (आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ ।

    चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा कोभिड १९ र आकस्मिक सेवाबाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको छ ।

    संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए ।

    आमरण अनशनमा रहेका डा. केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएकाले आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बन्द गर्न आफूहरू बाध्य भएको पनि उनले बताए ।

    सरकार गम्भीर पनि नहुने र वार्ता एवं सम्वादलाई औपचारिकतामा मात्रै सीमित गरिएको भन्दै संघले गम्भीर आपत्तिसमेत प्रकट गरेको छ ।

    आइतबारसम्म पनि सत्याग्रहको अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने महासचिव रिजालले बताए ।

    संघले आइतबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई संघका सम्पूर्ण शाखाकार्यालय, नेपाल भरीका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने समेत डा. रिजालले बताए । डा. केसी आमरण अनशनमा बसेको आज २७ दिन पुगेको छ ।


    शनिवार, आश्विन २४ २०७७०७:१०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij