Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलले छुट्टाछुट्टै समयमा विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति पौडेलले छुट्टाछुट्टै समयमा विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

  • मंगलवार, कार्तिक ७ २०८०

  • 486
    SHARES

  • राष्ट्रपति पौडेलले छुट्टाछुट्टै समयमा विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

    काठमाण्डाै ।  राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 

    राष्ट्रपति पौडेलले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भन्ने पनि उहाँले कामना गर्नुभएको छ ।

    'हाम्रो देशमा परम्परागतरुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेका छन्', राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ, 'बडादशैँ पर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्छ भन्ने मलाई लाग्छ ।'

    उहाँले नयाँ उत्साह, उमङ्ग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्ने प्रेरणा देओस् भन्ने कामना पनि गर्नुभएको छ ।


    मंगलवार, कार्तिक ७ २०८००८:१६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij