Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पाल्पाको रम्भामा भ्यान दुर्घटना, पाँच जना घाइते

पाल्पाको रम्भामा भ्यान दुर्घटना, पाँच जना घाइते

  • सोमवार, कार्तिक ६ २०८०

  • 641
    SHARES

  • पाल्पाको रम्भामा भ्यान दुर्घटना, पाँच जना घाइते

    पाल्पामा आज पनि दुर्घटना भएको छ । रम्भा गाउँपालिका ४ रानीवनमा बिहान भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् ।

    आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा बिहान ५ बजे लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका–४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य सारु घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    घाइते भएका पाँचै जनाको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष इश्वर काफ्लेले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।


    सोमवार, कार्तिक ६ २०८००९:३१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij