Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

वर्षमा एकपटक खुल्ने तलेजु भवानीको मन्दिर खुला, बिहानैदेखि भक्तजनको घुइँचो

वर्षमा एकपटक खुल्ने तलेजु भवानीको मन्दिर खुला, बिहानैदेखि भक्तजनको घुइँचो

  • सोमवार, कार्तिक ६ २०८०

  • 558
    SHARES

  • वर्षमा एकपटक खुल्ने तलेजु भवानीको मन्दिर खुला, बिहानैदेखि भक्तजनको घुइँचो

    काठमाडौं । वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर खुला गरिएको छ । महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि लामबद्ध भएका छन् ।

    तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई ‘तुलजा’ पनि भन्ने गरिन्छ ।

    तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइन्छ ।


    मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले तान्त्रिक विधिपूर्वक कालरात्रि पूजा गर्ने चलन चलेको बताइन्छ ।

    महानवमीको दिन दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर तथा शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती ९चण्डी०, श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

    वर्षमा एक दिनमात्र खुला हुने तलेजु भवानीको मन्दिर २०७७ सालमा भने कोरोना महामारीका कारण खुला गरिएको थिएन । २०७८ सालमा भने कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले संक्रमण फैलिने जोखिम कम भएको भन्दै खुला गरिएको थियो ।


    सोमवार, कार्तिक ६ २०८००९:१७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij