Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज दशैंको सातौ दिन दशैघरमा फूलपाती भित्राइयो, टुँडिखेलमा सेनाको फुलपाती बढाइँ,दानवहरुको नष्ट गर्न देवीको कालरात्री स्वरुप(खासखबर)

आज दशैंको सातौ दिन दशैघरमा फूलपाती भित्राइयो, टुँडिखेलमा सेनाको फुलपाती बढाइँ,दानवहरुको नष्ट गर्न देवीको कालरात्री स्वरुप(खासखबर)

  • शनिवार, कार्तिक ४ २०८०

  • 685
    SHARES

  • आज दशैंको सातौ दिन दशैघरमा फूलपाती भित्राइयो, टुँडिखेलमा सेनाको फुलपाती बढाइँ,दानवहरुको नष्ट गर्न देवीको कालरात्री स्वरुप(खासखबर)

    काठमाडौं। आज नेपालीहरुको प्रमुख चाड बडादशैँ अन्तर्गत फूलपाती, घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइएको छ।हरेक वर्ष असोज महिनाको शुल्क सप्तमीका दिनपर्ने नेपालीहरुको महान् चाड दशैंअन्तर्गतको फुलपातीका दिन नेपाली सेनाले यसैगरि सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्ने गर्दछ।

    आज पनि राष्ट्रपति,उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीसहित सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थितीमा सेनाले फूलपाती बढाइँ ग¥यो।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

    केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका,बेलपत्रमा शिवा,अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक श्रद्धा भक्तिकासाथ पूजा आराधना गरिन्छ।

    सोहीअनुसार आज काठमाडौंस्थीत हनुमानढोका दरबारको दशैं घरमा पनि गोरखा दरबारबाट ल्याइएको फूलपाती भित्राइएको छ।भने देशैभरका अन्य दशैंघरमा पनि परम्पराअनुसार फुलपाती भित्राईएको छ। विभिन्न पुराणमा उल्लेख गरिएअनुसार फुलपाती भित्राउँदै गर्दा आज कालरात्री देबीसँगै ८ वर्षकी साम्भवी कन्याको पुजा गर्ने प्रचलन छ भने आजै सरस्वति देवीको पनि प्रक्रियागत तरिकाले पुजा गर्नुपर्ने धर्मशास्त्रविदको भनाई छ।

    नव दुर्गामा फुलपाती भित्राउनुको ठुलो महत्व रहेको धर्मशास्त्रविद प्राध्यापक डा.रामचन्द्र गौतम बताउनु हुन्छ। देबीले दानवहरुको नष्ट गरि पृथ्वी लोकमा अमनचयन कायम राख्न आफ्ना शक्तिलाई नौ स्वरुप बनाएकोले फुलपातीमार्फत तिनै स्वरुप भित्राईने बताउनु भयो।

    हरेक प्राणीलाई नष्ट गर्ने काललाई यीनै भगवती देवीका एक स्वरुप कालरात्रिले नष्ट गरिदिन्छिन् भन्ने परम्परागत मान्यता पाइन्छ। यीनै देवीलाई खुसी राख्न नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी),श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गर्ने प्रचलन पनि छ भने विधिपूर्वक फुलपाती भित्राईन्छ।

    असत्यमाथि सत्यको जित अर्थात् बडादशैँ, दशहरा, विजया दशमी नवरात्र आयुध–पूजा विभिन्न नामले चिनिने नेपालीहरूको प्रमुख यो चाड दशै र कालरात्री एवं फुलपाती भित्राउने दिनको सम्पुर्ण नेपालीजनहरुमा शुभकामना ।

     


    शनिवार, कार्तिक ४ २०८००८:२०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij