Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये चार जानाको शव भोलि नेपाल ल्याइने

हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये चार जानाको शव भोलि नेपाल ल्याइने

  • शनिवार, कार्तिक ४ २०८०

  • 600
    SHARES

  • हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये चार जानाको शव भोलि नेपाल ल्याइने

    काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव भोलि नेपाल ल्याइने भएको छ ।

    तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शव आज दिउँसो १ बजेर २५ मिनेटको फ्लाइ दुबईको उडानबाट नेपाल ल्याउन लागिएको हो । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्मपुग्ने व्यवस्था मिलाइएको छ ।

    फ्लाइट डिटेलअनुसार भोलि बिहान काठमाडौं आइपुग्नेछ । ‘अन्य शव पहितानको काम भइरहेको छ’, नेपाली दूताबासले वक्तव्यमार्फत भनेको छ ।

    सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ ।


    शनिवार, कार्तिक ४ २०८००८:२०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij