Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पत्रकार सागर घिमिरेको निधन

पत्रकार सागर घिमिरेको निधन

  • शनिवार, कार्तिक ४ २०८०

  • 1.2K
    SHARES

  • पत्रकार सागर घिमिरेको निधन

    काठमाडौं । पत्रकार सागर घिमिरेको निधन भएको छ। शुक्रबार अपरान्ह उपचारका क्रममा मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा घिमिरेको निधन भएको हो।

    स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे बिहीबार अस्पताल भर्ना भएर हिजो बिहान डिस्चार्ज हुनुभएको थियो । पुनः स्वास्थ्य समस्या देखिएपछि घिमिरे दिउँसो पुनः अस्पताल पुग्नुभएको थियो । चिकित्सकले उहाँको मुटुले काम गर्न छाडेकाले निधन भएको बताएका थिए ।

    बिगतमा न्यु बिजनेस एज र अंग्रेजी पत्रिका रिपब्लिका दैनिकमा काम गरेका घिमिरे हाल एएफपीमा मात्र कार्यरत हुनुहुन्त्यो ।


    शनिवार, कार्तिक ४ २०८००७:१५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij