Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जैविक विविधता मात्र नभइ जिडिपीमा पनि जलवायु परिवर्तनको गम्भीर असर : आरजु राणा

जैविक विविधता मात्र नभइ जिडिपीमा पनि जलवायु परिवर्तनको गम्भीर असर : आरजु राणा

  • शुक्रवार, कार्तिक ३ २०८०

  • 422
    SHARES

  • जैविक विविधता मात्र नभइ जिडिपीमा पनि जलवायु परिवर्तनको गम्भीर असर : आरजु राणा

    काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताउनु भएको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा राणाले जलवायु परिवर्तनले नेपालका विविध क्षेत्रमा असर गरेको बताउनु भएको हो ।

    नेपाली कांग्रेसकी नेतृ डा राणाले नेपालको वन वनस्पती, कृषि, प्रकृति, हिमाललगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको भन्दै सभापति डा राणाले एसियाली विकास बैंकले समेत गरेको एक अध्ययनले देशको कुल गार्हस्थ उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।


    शुक्रवार, कार्तिक ३ २०८००४:३१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij