Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा एकै दिन थपिए झण्डै २७ सय संक्रमित, देशभर अहिलेसम्मकै धेरै

काठमाडौँमा एकै दिन थपिए झण्डै २७ सय संक्रमित, देशभर अहिलेसम्मकै धेरै

  • शनिवार, आश्विन २४ २०७७

  • 1.1K
    SHARES

  • काठमाडौँमा एकै दिन थपिए झण्डै २७ सय संक्रमित, देशभर अहिलेसम्मकै धेरै

    काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    योसँगै नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार जानकारी दिए।

    नेपालमा २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको हो।

    यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको छ।

    जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।

     


    शनिवार, आश्विन २४ २०७७०४:३८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij