Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कात्तिक ३ गते शोक बिदा दिने निर्णय

कात्तिक ३ गते शोक बिदा दिने निर्णय

  • बिहिवार, कार्तिक २ २०८०

  • 11.6K
    SHARES

  • कात्तिक ३ गते शोक बिदा दिने निर्णय

    काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकाले कात्तिक ३ गते शोक बिदा दिने निर्णय गरेको छ ।

    गाउँपालिकामा कार्यरत सव–इन्जिनियरको दुर्घटनामा मृत्यु भएपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले ३ गते शोक बिदा दिने निर्णय गरेको हो ।

    गाउँपालिकाको कार्यरत पूर्वाधार विकास शाखाका असिस्टेन्ट सव–इन्जिनियर सरोज महतोको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । दसैँ मनाउन अफिसबाट छुट्टी लिएर जनकपुरस्थित घर जाने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा बुधवार मोटरसाइकल दुर्घटना हुँदा महतोको मृत्यु भएको हो ।

    महतो पालिकामा एक महिना अगाडि मात्रै भरतपुर महानगरपालिकाबाट सरुवा भई आएका थिए । महतोको निधनमा बिहीबार पालिकाले एक सूचना जारी गर्दै शुक्रवारका लागि शोक बिदा दिएको जानकारी गराएको छ ।


    बिहिवार, कार्तिक २ २०८००२:२५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij