Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पाल्पामा हरायो दशैँमा चङ्गा उडाउने चलन

पाल्पामा हरायो दशैँमा चङ्गा उडाउने चलन

  • बिहिवार, कार्तिक २ २०८०

  • 331
    SHARES

  • पाल्पामा हरायो दशैँमा चङ्गा उडाउने चलन

    काठमाडौं । दशैँका चहलपहल शुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाउने चलन अहिले हराउँदै गएको छ।

    विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दशैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा मरासिनीले बताउनुभयो ।

    ‘चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चङ्गा बनाएर कसले माथि पुर्‍याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो’, उहाँले भन्नुभयो, ‘अहिले त चङ्गा उडाउने गरेको देखिनै छाड्यो।’

    खुला आकाशमा चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो। नयाँ पुस्तामाझ दशैँमा चङ्गा उडाउने चलनबारे जानकारी नै छैन। पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दशैँका बेला चङ्गा बनाएर देखाउन थालिएको छ।

    खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै उत्साह छाउँथ्यो। मनोरञ्जन मात्रै नभई परिवारमा खुशी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउनुहुन्छ ‘सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रूपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन’,उहाँले भन्नुभयो,‘पुराना संस्कृति लोप हुन पुगेका छन्।’


    बिहिवार, कार्तिक २ २०८००७:५०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij