काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र किङ्स इलाभेन पञ्जाब भिड्ने छन् भने दोस्रो खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ ।
अबुधाबीमा कोलकाता आफ्नो छैटौं खेलका लागि मैदानमा उत्रिँदा पन्जाब भने आफ्नो सातौं खेलका लागि मैदान उत्रने छ ।
कोलकाता र पञ्जाबबीचको खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेबाट सुरु हुनेछ । आज नै हुने चेन्नई र बैंगलोरबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले हराउदै अकं लालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।