Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

विपिनलाई हमासको कब्जाबाट मुक्त गराइदिन पहलका लागि प्रधानमन्त्रीलाई अपिल

विपिनलाई हमासको कब्जाबाट मुक्त गराइदिन पहलका लागि प्रधानमन्त्रीलाई अपिल

  • मंगलवार, आश्विन ३० २०८०

  • 664
    SHARES

  • विपिनलाई हमासको कब्जाबाट मुक्त गराइदिन पहलका लागि प्रधानमन्त्रीलाई अपिल

    काठमाडौं । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका एक नेपालीको अवस्था अझै अज्ञात रहेको छ ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का विपिन जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् । उनका परिवारका सदस्यहरूले विपिनलाई हमास समूहले अपहरण गरेको भन्दै रिहाको पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अपिल गरेका छन् ।

    विभिन्न कार्यक्रममा सरिक हुन कैलाली पुगेका प्रधानमन्त्री दाहाललाई विपिनका परिवारले ज्ञापन पत्र बुझाउँदै रिहाको पहल गर्न अपिल गरेका हुन । गौरीगङ्गा नगरको नवनिर्मित भवनको उद्घाटन गर्न चौमाला पुगेका प्रधानमन्त्रीलाई परिवारका सदस्यहरूले ज्ञापन पत्र दिएका थिए ।

    ज्ञापन पत्रमा विपिनलाई हमास समूहले ३्४ जना थाई नागरिकसँगै अपहरण गरेको भन्ने बुझिएकोले उनको रिहाइको लागि पहल गर्न अपिल गरिएको छ । विपिनमा बुबा महानन्द जोशी, आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्डले बुझेका थिए ।

    ज्ञापन पत्र बुझ्नु अघि नै प्रचण्डले विपिनको बिषयमा सरकार गम्भीर रहेको र खोजी कार्य तीव्र पारेको बताउनुभएको थियो ।

     


    मंगलवार, आश्विन ३० २०८००३:४४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij