Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • मंगलवार, आश्विन ३० २०८०

  • 1.3K
    SHARES

  • आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । आज कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएकोल छ । मौसम पूर्वानुमान महाशाखाले यी भुभागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

    मनसुन बाहिरिए पनि हाल नेपालमा पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    विभागकाअनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा सक्रिय रहेको पश्चिमी वायुको प्रभाव कोशी, बागमती र पहाडी भूभागमा रहनेछ।

    गएराति पानी परेसँगै तापक्रममा पनि गिरावट आएको छ । काठमाडौं उपत्यकामा हिजोसम्म १५ देखी १६ डिग्री सेल्सियस तापक्रम रहँदै आएकोमा गएराति पानी परेसँगै आज १३ डिग्री सेल्सियसमा झरेको छ।


    मंगलवार, आश्विन ३० २०८००८:२६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij