Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी

इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी

  • सोमवार, आश्विन २९ २०८०

  • 702
    SHARES

  • इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी

    काठमाडौं । इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी छ । त्यसका लागि नेपाल सरकारले इजरायल सरकारसँग पहल गरिरहेको छ । सोही आधारमा उनको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ।

    उनको खोजीका लागि सरकार अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग माग गरेको छ। यसका लागि हमासलाई सहयोग गर्दै आएका देशहरूसँग छलफल थालिएको छ ।

    परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेशमन्त्रीसँग टेलिफोन कुरा गर्नुभएको छ । कतारी विदेशमन्त्रीसँग टेलिफोन कुरा भएको विषयमा परराष्ट्र मन्त्रालयले केही जानकारी दिएको छैन । तर, कतारका संचारमाध्यमहरूले नेपाल र कतारका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको उल्लेख गरेका छन्।

    टेलिफोन सम्पर्कमा जोशीको खोजीका लागि गाजास्थित हमास समूहसँग पहल गरिदिन अनुरोध गरेको कतारी संचारमाध्यमहरूले जनाएका छन् ।

    सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले अरब देशरूसँग समेत जोशीको खोजीका लागि पहल भइरहेको बताउनुभएको छ ।

    गत शनिबार गाजास्थित हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएका छन् भने जोशी बेपत्ता छन्।


    सोमवार, आश्विन २९ २०८००४:४१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij