Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

तीन वटा जहाज चार्टर गरेर भियतनामका पर्यटक नेपाल आउँदै

तीन वटा जहाज चार्टर गरेर भियतनामका पर्यटक नेपाल आउँदै

  • आइतवार, आश्विन २८ २०८०

  • 1.2K
    SHARES

  • तीन वटा जहाज चार्टर गरेर भियतनामका पर्यटक नेपाल आउँदै

    काठमाडौं । तीनवटा जहाज चार्टर गरेर एकै पटक ठुलो सङ्ख्यामा भियतनामी पर्यटक नेपाल भ्रमणमा आउने भएका छन् ।

    आगामी अक्टोबर २१, २५ र २९ मा हिमालय एअरलाइन्सका एअरबस ए३२० विमान चार्टर गरेर भियतनामी पर्यटकहरू नेपाल आउने भएका हुन् ।

    खासगरी पर्यटन सिजन सुरु भएसँगै आउन लागेको भियतनामी पर्यटकहरूले नेपालको काठमाडौँ, पोखरा, लुम्बिनी लगायताका स्थानहरूको भ्रमण गर्ने जनाइएको छ ।

    नेपाली ट्राभल एजेन्सीको अगुवाइमा नेपाली पर्यटन क्षेत्रको इतिहासमै पहिलो पटक एकै पटक तीन वटा विमान चार्टर गरेर पर्यटकको आदानप्रदान गर्ने तयारी गरेको रुपसे होलिडेजले जनाएको छ ।

    करिब १५ प्रतिशत बुद्ध धर्मालम्बीहरु रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या पछिल्ला दिनहरूमा बढिरहँदा भियतनाम काठमाडौँको यात्रा छोट्टाउन तथा यात्रालाई सहजता तुल्याउन यो सोझो चार्टर उडान महत्त्वपूर्ण भएको पर्यटनकर्मीहरूको भनाइ छ ।

    भियतनामका ती पर्यटकहरूले काठमाडौँ उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण तथा अवलोकन गर्नेछन् । केही पर्यटकहरू नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योग अभ्यासका लागि थप समय बस्नेछन् ।

    यसरी नेपाल भियतनाम चार्टर उडान भइरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटकहरू भियतनाम जाने भएका छन् । उडानका क्रममा एकतर्फी रूपमा खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रूपमा किफायती बनाउन लागि परेको रुप्से होलिडेज्ले बताएको छ ।


    आइतवार, आश्विन २८ २०८००१:५२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij