Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट प्रकाशकुमार सेडाइ खतरामुक्त

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट प्रकाशकुमार सेडाइ खतरामुक्त

  • शनिवार, आश्विन २७ २०८०

  • 707
    SHARES

  • मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट प्रकाशकुमार सेडाइ खतरामुक्त

    काठमाडौँ । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए । हेलिकप्टरमा आगलागी भएको छ ।
         
    दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलार्ई  फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।
         
    हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
     


    शनिवार, आश्विन २७ २०८०११:०९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij