Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

संस्कृति समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो : राष्ट्रपति पौडेल

संस्कृति समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो : राष्ट्रपति पौडेल

  • शुक्रवार, आश्विन २६ २०८०

  • 471
    SHARES

  • संस्कृति समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो : राष्ट्रपति  पौडेल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताउनु भएको छ।

    आज मधेशी आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मधेशी समुदाय नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोवास गर्दै आएको बताउनु भएको हो ।

    उहाँले मधेशी समुदायको भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार सिंगै देशको जस्तै विविधता रहेको प्रस्ट्याउनु भएको छ।

    राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

    प्रतिवेदन बुझाउँदै मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले मधेश र मधेशीको परिभाषा तय गरेको बताउँदै मधेशी समुदायको जात र थरको पनि सूचीकरण गरेको बताउनुभयो ।


    शुक्रवार, आश्विन २६ २०८००१:३१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij