Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

इजरायलबाट २५४ नेपाली विद्यार्थी स्वदेश फर्किए

इजरायलबाट २५४ नेपाली विद्यार्थी स्वदेश फर्किए

  • शुक्रवार, आश्विन २६ २०८०

  • 659
    SHARES

  • इजरायलबाट २५४ नेपाली विद्यार्थी स्वदेश फर्किए

    काठमाडौं । इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन्।

    उनीहरूलाई नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारी इजरायल गएका थिए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्किन चाहने ५०३ मध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिटै ल्याउने जानकारी दिनुभयो।

    परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिनुभयो चार नेपाली घाइते भएकोमा एकजना उपचारपछि सँगै स्वदेश फर्किएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको उहाँले बताउनुभयो ।


    शुक्रवार, आश्विन २६ २०८००६:२०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij