Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली

काठमाडौंमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली

  • बिहिवार, आश्विन २५ २०८०

  • 2.9K
    SHARES

  • काठमाडौंमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली
    काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा प्रहरीले गोली चलाएको छ। डाँका तथा नकजवनीका घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ। 
     
    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साँखु क्षेत्रको जगडोलमा गोली चलाएको हो। काठमाडौं उपत्यकामा हुने लुटपाटका घटनामा संलग्नहरूको समूहलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी शोमेन्द्रसिंह राठौरले जानकारी दिए। 
     
    ‘लुटपाटका घटनामा सक्रिय समूह पुनः लुटपाट गर्दैछ भन्ने सूचनाका आधारमा हाम्रो टोली परिचालन भएको थियो। त्यस क्रममा जम्काभेट भएपछि उनीहरूले प्रहरी टोलीमाथि नै हतियार प्रहार गर्न खोजे,’ एसएसपी राठौरले भन्नुभयो, ‘लुटपाटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको छ।’
     
    एसएसपी राठौरका अनुसार १ जनाको खुट्टामा गोली लागेको छ। अन्य २ जनालाई भने चोटपटक छैन।


    बिहिवार, आश्विन २५ २०८००२:१९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij