Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना पोजेटिभ व्यक्तिहरु बाहिर हिँडडुल गरेमा ६ महिनासम्म जेल सजाय हुन्छ : स्वास्थ्य मन्त्रालय

कोरोना पोजेटिभ व्यक्तिहरु बाहिर हिँडडुल गरेमा ६ महिनासम्म जेल सजाय हुन्छ : स्वास्थ्य मन्त्रालय

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.3K
    SHARES

  • कोरोना पोजेटिभ व्यक्तिहरु बाहिर हिँडडुल गरेमा ६ महिनासम्म जेल सजाय हुन्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । सरकारले कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ । संक्रमितहरु हिडडुल गरेको पाइएमा ६ महिनासम्म जेल सजाय हुने चेतावनी स्वास्थ्य मँत्रालयले दिएको छ ।

    संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

    कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उहाँले बताउनुभयो । दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन सरकारले सबैमा आग्रह गरेको छ ।


    शुक्रवार, आश्विन २३ २०७७०५:२८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij