Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

इजरायलमा भएको दश नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, सार्वजनिक बिदा होइन

इजरायलमा भएको दश नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, सार्वजनिक बिदा होइन

  • मंगलवार, आश्विन २३ २०८०

  • 1.0K
    SHARES

  • इजरायलमा भएको दश नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, सार्वजनिक बिदा होइन

    काठमाडौँ । इजरायलमा १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।

    आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्री शर्माले देशभर बिदा दिएको नभई राष्ट्रिय शोकको घोषणा मात्रै भएको बताउनुभएको छ ।

    यस्तै बैठकले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।

    यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।


    मंगलवार, आश्विन २३ २०८००६:५४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij