Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • मंगलवार, आश्विन २३ २०८०

  • 662
    SHARES

  • आज यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । देशको मौसममा सुधार आएको छ ।

    केहिदिन देखि ठुलो पानी परेको छैन तर कोशी प्रदेशका एक दुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहने छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    राति कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव छ।


    मंगलवार, आश्विन २३ २०८००६:२५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij