Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

इजरायलबाट उद्दार गर्न भन्दै नेपाली विद्यार्थीको चित्कार, साँझ मात्रै मन्त्रिपरिषद् बैठक बस्ने

इजरायलबाट उद्दार गर्न भन्दै नेपाली विद्यार्थीको चित्कार, साँझ मात्रै मन्त्रिपरिषद् बैठक बस्ने

  • सोमवार, आश्विन २२ २०८०

  • 553
    SHARES

  • इजरायलबाट उद्दार गर्न भन्दै नेपाली विद्यार्थीको चित्कार, साँझ मात्रै मन्त्रिपरिषद् बैठक बस्ने

    फाइल तस्बिर

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को विशेष बैठक बोलाउनुभएको छ ।

    इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न विशेष बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ ।

    सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बैठक बोलाइएको हो । बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।

    मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाउनुभएको छ। बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।

    इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाउनुभएको थियो ।

    यता, विभिन्न देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्कारहेका बेला नेपालमा ढिलो भएको छ । त्यहाँका बंकरमा नेपालहरु मात्रै बाँकी रहेका छन् । उनीहरुले चाँडै नेपाल नफर्काइए ज्यानै जानसक्ने भन्दै चित्कार गरिरहेका छन् ।


    सोमवार, आश्विन २२ २०८००१:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij