Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images
दसैँ आयो

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

  • सोमवार, आश्विन २२ २०८०

  • 789
    SHARES

  • आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला
    काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ सोमबार(आज)बाट खुल्ला गरिने भएको छ । आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच आजदेखि बुकिङ खुला गर्ने सहमति भएको थियो । 
     
    यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । 
     
    दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । 


    सोमवार, आश्विन २२ २०८००६:४०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij